Ads

Tuesday, August 16, 2016

यस्तो कलेज, जहाँ हुन्छ रोमान्सको पढाई

Posted By: Samsung - 8:32 PM

यो दुनियामा एउटा यस्ता कलेज पनि छ जहाँ विद्यार्थीलाई रोमान्स गर्न सिकाइन्छ । त्यो पनि एक विश्वविद्यालयमै, जहाँ विद्यार्थीलाई कसरी रोमान्स गर्ने भनेर सैद्धान्तिक र प्राक्टिकल दुबै तरिकाले सिकाउने गरिन्छ ।
चीनको तियानजिन विश्वविद्यालयमा विद्यार्थीहरुलाई रोमान्सको पाठ पढाइन्छ । विश्वविद्यालयमा पढाइ हुने यो क्लासमा थ्योरी र प्राक्टिकल दुबै कक्षा हुन्छन् र विद्यार्थीहरुले कलेजमै रोमान्सको भरपूर ज्ञान लिन पाउँछन् ।
थ्योरी एण्ड प्राक्टिस अफ रोमान्टिक रिलेसन कोर्स नामक उक्त पाठ्यक्रममा विद्यार्थीहरुलाई विपरित लिंगीप्रतिको यौन आकर्षण बढाउने तरिका, आफैलाई विपरित लिगी पार्टनरसामु प्रस्तुत गर्ने तरिका तथा विपरित लिंगीलाई आफुतर्फ आकषिर्त गर्ने विधि लगायतका कुरा समावेश छन् ।
विश्वविदालयका प्राध्यापक शी शू ले यो पाठ पढाउँछन् र सिकाउँछन् रोमान्सको तरिका । शी नर्दन पोर्ट सिटी क्याम्पसमा विद्यार्थीहरुलाई कक्षामा पावर प्वाइन्टमार्फत रोमान्सको प्रभावकारीताका लागि कसरी आफ्नो व्यक्तित्व बढाउने भन्ने कुरा पनि सिकाइन्छ ।
विपरित लिंगीसँग तथा आफै साथीसँगीहरुसँग कसरी बोलचाल गर्ने, अरुलाई कत्तिको महत्व दिने लगायतका कुराहरु समेत सिकाइन्छ ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy