Ads

Friday, August 12, 2016

'ट्युबलाइट' मा सलमानका साथ लुलिया?

Posted By: Samsung - 12:01 PM

लामो समयदेखि बलिउड अभिनेता सलमान खान र रोमानियाली अभिनेत्री लुलिया वन्तुरबीच प्रेम रहेको चर्चा छ। यी दुईले यसबारेमा केही बोलेका छैनन् तर लुलिया सलमानसँगै भेटिन्छिन्।
 
लगालग सुपरहिट फिल्म दिइरहेका अविवाहित अभिनेताको कुनै युवतीसँग नाम जोडिनु सामान्य कुरा नै हो तर लामो समयदेखि सँगै भेटिने भएकाले हल्ला सत्य नै भएको चर्चा पनि चल्ने गरेको छ।
 
हालै यस्तो चर्चा पनि बाहिरिएको छ कि लुलिया सलमानसँग फिल्म खेल्दैछिन्। ‘बजरंगी भाइजान’ निर्देशक कबिर खानको निर्देशनमा हाल सुटिङ भइरहेको फिल्म ‘ट्युबलाइट’ मा लुलिया पनि देख्न सकिने बताइएको छ। भारतको युवा र चीनकी युवतीबीचको प्रेम कथामा आधारित फिल्ममा लुलियाले केमियो रोल गर्ने सम्भावना रहेको बताइन्छ।
 
फिल्म हाल लद्दाखमा सुटिङ भइरहेको छ र लुलिया पनि सलमानसँगै छिन्। उनले लद्दाखको प्राकिृतिक सौन्दर्य खिचेर डकुमेन्ट्री पनि बनाइरहेको जनाइएको छ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy