Ads

Sunday, August 21, 2016

नम्रताको हट आइटम, ‘कोही छ’ भन्दै कसलाई बोलाउँदै छिन् ?

Posted By: Samsung - 2:06 AM
 namrata

म्यूजिक भिडियोमा धेरै देखिने मोडल हुन् नम्रता सापकोटा । चलचित्रमा भने उनको यात्रा सुखद छैन । केही सामान्य भूमिकामा नै उनले चित्त वुझाउनु परेको छ ।
उनै नम्रतालाई निर्देशक दिनेश श्रेष्ठले आफ्नो नयाँ चलचित्र ‘शकुन्तला’को एक आइटम गीतमा नृत्य गराएका छन् । दिनेशकै छायांकन रहेको यो गीतमा माइकल चन्दको कोरियोग्राफी छ ।
दुर्गा खरेलको आवाज, अर्जुन पोख्रेलको संगीत र डाक्टर कृष्णहरि बरालको यो गीतमा शब्द छ । चलचित्रलाई महेश्वर खत्री र श्रृप्सा खत्रीले निर्माण गरेका हुन् ।
चलचित्रमा नायक राजेश हमाल महिलाको अवतारमा देखिएका छन् । किशोर खतिवडा, अनु शाह लगायतका कलाकारलाई पनि चलचित्रमा देख्न सकिन्छ । भदौ ९ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy