इतिहास श्रीलंकको पक्षमा थिएन त्यसैले उनीहरुले इतिहास निर्माण गरे । भर्खरै सकिएको सिरिजभन्दा अघिसम्म अष्ट्रेलियाले श्रीलंकासँग टेष्टमा एक खेलमात्र हारेको थियो । दुई टिमबीचको ३३ बर्षे इतिहासमा १ पटकमात्र श्रीलंकाले जितको स्वाद चाख्न पाएको थियो । तर अहिले इतिहास अर्को बन्यो कि श्रीलंकाले अष्ट्रेलियाबिरुद्धको टेष्ट शृङखला हृवाइटवास गर्यो ।
यतिसम्मकी श्रीलंकाली टोलीका सबैभन्दा उत्कृष्ट मानिएका ब्याट्सम्यान कुमार सांगाकारा, जसले श्रीलंकाका लागि १३४ टेष्ट खेल खेले, उनले पनि अष्ट्रेलियाबिरुद्ध जितको खुसीयाली मनाउन पाएनन् । एक महिला अघिसम्म टिममा नरहेका धनन्जय डि सिल्भा र लक्षण सान्दाकानले तीन क्याप जिते ।
र रंगना हेराथपनि, जसको तील चामले कपाल र उच्च आत्मविश्वासी सोच देखेर अनुमान लगाउन सकिन्छ कि उनी ३८ बर्ष अगाडि जन्मेका हुन् । तर उनी एकदमै युवा देखिन्छन् । जव उनी २१ बर्षको युवा थिए तव उनी आफ्नो कोठामा बसेर सन् १९९९ मा श्रीलंकाले अष्ट्रेलियालाई हराएको हेरेका थिए । त्यो नै यसअघि सम्म श्रीलंकको अष्ट्रेलियाबिरुद्ध एकमात्र जित थियो ।
त्यही बर्ष उनले श्रीलंकाली टोलीबाट डेब्यु गरेका थिए । तर उनी त्यस्तै सफलताका लागि १७ बर्षसम्म कुरे । बल्ल अहिले श्रीलंकाले हात पारेको यो अभूतपूर्व सफलताका साक्षी छन् हेराथ । साक्षीमात्र होइन उनकै अहम् योगदानमा श्रीलंकाले यो सफलता हासिल गरेको हो ।
हेराथले यो सिरिज सर्बाधिक विकेट लिने खेलाडीको रुपमा रहेर टुंग्याए । ३ टेष्टको सिरिजमा उनले १२.७५ को औषतमा २८ विकेट लिए । अन्तिम टेष्टको अन्तिम दिन श्रीलंकालाई ३२४ रनको जित दिलाउन उनले ६४ रन दिएर ७ विकेट लिए ।
यो भन्दा अत्युक्ति हुँदैन कि यो सिरिज अष्ट्रेलियाका लागि निक्कै निराशाजनक रहृयो । श्रीलंका आउँदा उनीहरु विश्व नम्बर १ थिए । विश्व बरियाताको सातौं स्थानमा रहेको श्रीलंकाबिरुद्ध उ आत्मविश्वासी पनि देखिएको थियो । तर लगातार तीन टेष्ट हारेर सिरिज गुमाएपछि अष्ट्रेलिया भारत र पाकिस्तानभन्दा पछि तेस्रो स्थानमा पुगेको छ । उता श्रीलंका छैटौं स्थानमा बढुवा भएको छ ।
अष्ट्रेलियाका लागि सुखद पक्ष भनेको उसका तीव्रगतिका बलर मिचेल स्टार्कको उत्कृष्ट लय हो । उनले सिरिजमा २४ विकेट लिए । उनी एशियाली भूमीमा २० भन्दा माथि विकेट लिने एक्ला अष्ट्रेलियाली फाष्ट बलर बने ।


0 comments:
Post a Comment