Ads

Sunday, August 28, 2016

नासाले पठाएको ‘जुनो’ बृहस्पति ग्रहको नजिक पुग्यो

Posted By: Samsung - 1:54 AM

Loading...

काठमाडौं, भदौ १२ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बृहस्पति ग्रहमा पठाएको उपग्रह जुनो पहिलो पटक बृहस्पति ग्रहको नजिक पुगेको छ ।
जुनो उपग्रह बृहस्पति ग्रहभन्दा ४२ सय किलोमिटर परबाट गएको नासाले जनाएको छ ।
गत जुलाईमा जुनो उपग्रहले बृहस्पति ग्रहलाई परिक्रमा गर्न सुरु गरेको थियो । शनिवार जुनो बृहस्पति ग्रहको सबैभन्दा नजिक पुगेको र यसभन्दा अघि कुनै पनि उपग्रह बृहस्पति ग्रहनजिक नपुगेको वैज्ञानिकको भनाइ छ ।
सबै उपकरण तथा क्यामरासहित बृहस्पति ग्रहको नजिक पुगेको जुनोले खिचेका बृहस्पति ग्रहको केही नयाँ तस्वीर एक दुई दिनमै सर्वाजनिक गरिने पनि नासाले जनाएको छ ।
(भिडियो हेर्नुहोस)

Loading...
तस्विर अहिलेसम्मकै उच्च क्षमताका रहेको नासका वैज्ञानिकको दावी छ । पहिलो पटक बृहस्पति ग्रहको बादलको तस्वीर जुनोले लिएको हो ।
पाँच वर्ष अघि नासाले छाडेको जुनोले गत जुलाई पाँचदेखि बृहस्पति ग्रहलाई परिक्रमा गर्न थालेको थियो ।
हाइड्रोजन र हिलियम ग्यासले भरिएको पृथ्वीभन्दा ११ गुणा ठूलो बृहस्पति ग्रहले सूर्यलाई परिक्रमा गर्न १२ वर्ष लगाउँछ । (एजेन्सी)

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy