भदौ १, तनहुँ । गत सोमबार घरबाट निस्केका तनहुँका एक वृद्ध मस्र्याङ्दी नदी किनारमा मृत अवस्थामा फेला परेका छन् । जिल्लाको भानु नगरपालिका–३ दुवुङ्गा बस्ने ६७ वर्षीय मणिराम तामाङ मङ्गलबार साँझ मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
सोही भानु नगरपालिका–३ स्थित रेडीखोलाको दोभानभन्दा करिब २०० मिटर तल मस्र्याङ्दी नदीकिनारमा तामाङ मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो ।वृद्ध तामाङलाई नदीले बगाउँदा मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ । मृतकको शवपरीक्षणका लागि दमौली अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।


0 comments:
Post a Comment