Ads

Friday, August 26, 2016

त्रिशुलीमा बस खस्दा २२ को मृत्यु, ४ बेपत्ता(भिडियो हेर्नुहोस्)

Posted By: Samsung - 9:57 AM

Loading...



भाद्र १०, २०७३- गौरबाट पोखरा जाँदै गरेको रात्रिबस शुक्रबार बिहान नारायणगढ–मुग्लिन खण्डअन्तर्गत कालीखोलाबाट २ सय मिटर तल त्रिशुलीमा खस्दा चार भारतीयसहित २२ यात्रुको मृत्यु भएको छ । २१ जनाको घटनास्थलमा र एकको उपचारको क्रममा मृत्यु भएको हो ।
चण्डीभन्ज्याङ–६, मा भएको ग१ख ३७०९ नम्बरको बस दुर्घटनामा ४ जना अझै बेपत्ता छन् । १६ जना घाइते भएका छन् । बसमा चालक, कन्डक्टर र सहचालकसहित ४२ जना थिए । नदीमा डुबेको बस टुक्राटुक्रा भएको छ ।
रौतहट सदरमुकाम गौरबाट ३० र चन्द्रनिगाहपुरबाट ९ यात्रु लिएर बिहीबार साँझ ७ बजे छुटेको बस बिहान साँढे ३ बजे नदीमा खसेको थियो । मृतकमा १९ पुरुष र ३ महिला छन् । ९ पुरुष २ महिला र ५ बालक घाइते छन् । उनीहरुको चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साईन्सेजमा उपचार भइरहेको छ ।
घाइते र मृतकका आफन्त रुँदै एकाबिहानै अस्पताल जुटेका थिए । कटहरियाबाट शिक्षक सेवा आयोगको परीक्षा दिन हिँडेका ३१ वर्षीय शम्भुराय यादव फेला परेका छैनन् ।
चन्द्रनिगाहपुरका सञ्जय साह परिवारसहित पोखरा हिँडेका थिए । उनी गम्भीर घाइते भए । उनकी पत्नी पुनम र ११ बर्षीया छोरी कञ्चन फेला परेका छैनन् ।
घटनापछि सशस्त्र प्रहरीको कुरिनटारस्थित विपद् ब्यवस्थापन टोली ‘राफ्ट’सहित तत्काल पुगेको थियो । सुरक्षाकर्मी पुग्दा आधादर्जन यात्रु बसको छतमा थिए । घटनास्थल भीर भएकाले उद्धारमा कठिनाई परेको थियो । सुरक्षाकर्मीले ३ वटा डुंगाको मद्दतमा बस खसेको स्थानबाट घाइतेलाई १ किमी उत्तर कालीखोला पुल मुनी ल्याएर निकालेका थिए । एक बालक र ३ यात्रु डाँडामा अडिएका थिए । उनीहरु कराएपछि उद्धार गरिएको थियो । कहालीलाग्दो भीर भएकाले सुरक्षाकर्मी डोरीको सहायताले उद्धार गर्न झरेका थिए । बस खसेको स्थान पुग्न कठिन बाटो छ ।
‘घटनास्थल ठम्याउन बेर लाग्यो’, जिल्ला प्रहरी प्रमुख एसपी बसन्त कुँवरले भने, ‘तलबाट घाइतेहरु रोइकराई गरेपछि थाहा पायौं ।’ बस खसेको स्थान पत्ता लगाउन सुरक्षाकर्मीले सिट्ठी बजाउँदै हिँडेपछि घाइते यात्रुले बचाउ, बचाउ भन्दै रोइकराई गरेका थिए । जिल्ला प्रहरी, मुग्लिन, सिमलताल, जुगेडी र सशस्त्र प्रहरीको सीमासुरक्षा बलबाट ठूलो संख्यामा सुरक्षाकर्मी घटनास्थल पुगेका थिए ।
बस बिहान ६ बजे पोखरा पुगीसक्नुपथ्र्यो । अधिकांश यात्रु सुतेको अवस्थामा घटना भएको हो । ‘मस्त निद्रामा थियौं’, भारतको सितामाढीका राजेश गुप्ताले भने, ‘एक्कासी गल्र्याम्मगुर्लुम्म गरेर बस तल खस्यो ।’ त्यसपछि बेहोस भएका गुप्ता आफू बाँचेको भन्ने विश्वास नलागेको बताउँछन् । घटनास्थल पुग्दा यात्रुको शब भिरमा अडिएका र तल चिन्नै नसक्ने अवस्थामा थिए । केही शव सुरक्षाकर्मीले बसभित्रबाट निकालेका थिए ।
द फेमस महेन्द्र दल गणको सेनाको टोली अलि ढिला पुगेको थियो । घाइते अधिकांशको टाउको र खुट्टामा चोट लागेको छ । सशस्त्रको बिपदको मेडिकल सहितको टोलीले घाईतेलाई घटनास्थलमै सामान्य उपचार गरेको थियो । ‘हामीघटनास्थल पुग्दा त्यहाँको दृश्य दर्दनाक थियो’, उद्धारमा खटिएका सशस्त्र प्रहरी निरीक्षक तुला चौधरीले भने, ‘घाइते र शव छरपष्ट थिए । ठाडो भीरबाट कष्टले स्टेचरमा राखी उद्धार गर्न सफल भयौं ।’
सुरक्षाकर्मीले साँझसम्म हराइरहेकाको खोजी गरिरहेको छ । केही यात्रु बसभित्र अडिएको हुन सक्ने अनुमानमा टुक्रिएको बस बाहिर निकाल्ने प्रयास गरिएको थियो । बसको पुरै भाग नदीमा डुबेको छ । यो ठाउँमा पटक पटक दुर्घटना हुने गरेको स्थानीय पसले पार्वती विष्टलेबताइन् । ‘बिहान ३ बजेतिर ठूलो आवाज आयो’, उनले भनिन् ‘पछि तल रोइकराई गरेको जस्तो आवाज सुनियो ।’
प्रहरी भन्छ, ‘चालकको लापरबाही’
मकवानपुरको बस्तिपुरबाट खाना खाई छुटेको बसको चालक निदाएको वा ओभरटेक गर्ने क्रममा बस तल खसेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनायो । ‘यो दुर्घटना चालकको लापरबाहीले भएको हो,’ एसपी कुँवरले भने, ‘बिहानको समय गाडीको चाप पनि त्यति नभएको अवस्थामा बस खसेको छ ।’ घटना भएको स्थानको बाटो त्यति जोखिमपूर्ण पनि छैन ।
घटनामा घाइते गौरका सुशान्त श्रीवास्तवले चालक पौडेलले टाउको हल्लाउने बित्तिकै गाडी तल झरेको बताए । ‘झुप्प निदाएको जस्तै भएको थियो’ उनले अस्पतालमा भने, ‘त्यसपछि बस पल्टिन सुरु गर्‍यो ।’ घटनामा उनकी आमा सन्ध्या श्रीवास्तवको मृत्यु भएको छ ।
Loading...
मृतकको नाम र ठेगाना
१) बस चालक लोकराज पौडेल (३१ वर्ष), लेखनाथ नगरपालिका, कास्की
२) चितरन्जन यादव (३६), मुडवलवा- ३, रौतहट
३) राजेशप्रसाद यादव (३३), मुडवलवा- ३, रौतहट
४) प्रमोद राम (२४), महम्मदपुर- ८, रौतहट
५) राकेश यादव (३०), लौकाहा, रौतहट
६) बृजकिशोर कुश्वाह (३५), कटहरिया ९, रौतहट
७) गणेशकुमार साह (२५) बसतपुर १ रौतहट
८) कामेश्वरप्रसाद साह (२५) राजपुरतुल्सी ३ रौतहट
९) चित्रबहादुर बोहरा (४०) भल्लिडाँडाँ कास्की
१०) शेखसहजित आलम (२६) गरुडा- १४ जयनगर रौतहट
११) सुचिन्द्रप्रसाद साह (३६) लैकाहा २ रौतहट
१२) जोखु साह (१२) गौर, रौतहट
१३) जोगेन्द्र गिरी (६५) ईनर्वा- ७ रौतहट
१४) सन्ध्या श्रीवास्तव (३१) गौर रौतहट
१५) गणेशकुमार साहकानु (३४) झुन्खुनुवा ३ रौतहट
१६) तुलसाकुमारी सिंह (४१) बन्जाराहा ३ रौतहट
१७) सन्दिप भगत (११), बिहार, भारत
१८) थेकन ठाकुर (३६) पूर्वीचम्पारण, भारत
१९) शंकर ठाकुर (३७) पूर्वी चम्पारण, भारत
२०) रामसागर भगत (४०) पूर्वीचम्पारण भारत
२१) नथुनि चौधरी (३२) पूर्वीचम्पारण, भारत
सनाखत हुन बाँकी- १


Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy