भनिन्छ, एक दिनमा एउटा स्याउ खानु भयो भने डाक्टरलाई टाढै राख्छ र दिर्घजीवन दिन्छ ।
अझ अहिले त स्याउको सिजन नै हो, कसलाई मन नहोला र स्याउ खाने ? तर, तपाईंले खाने स्याउ कस्तो गुणस्तरको हो भनेर कहिल्यै ध्यान दिनु भएको छ ?
यसमा ध्यान पुगेन भने त्यसले तपाईंको शरीरलाई असर गर्न सक्ने विज्ञहरु बताउँछन् । हेर्दा चम्किलो र खाउँ-खाउँ लाग्ने स्याउ किन्नु अघि केही कुरामा ध्यान दिनैपर्छ ।
पछिल्लो समयमा भारतीय बजारबाट आएका चकलेटी र काश्मिरी स्याउ किन्दा ध्यान दिनु पर्ने सुझाव छ । यसमा अत्याधिक मात्रामा स्याकरिन मिसाइएको हुन सक्ने विज्ञहरु बताउँछन् ।
स्याकरिन आफैंमा ठूलो हानिकारक वस्तु नभएपनि त्यसको मात्रा अनियन्त्रित हुँदा रोगी र अस्वस्थ व्यक्तिलाई हानी गर्न सक्छ । स्वस्थ व्यक्तिमा पनि स्याकरिन गरिएका स्याउ धेरै खाएका विभिन्न स्वास्थ्य समस्याहरु देखिनसक्छ ।


0 comments:
Post a Comment