Ads

Friday, August 26, 2016

सोनाक्षी ‘अकिरा’ मा हिरोको भुमिकामा

Posted By: Samsung - 6:54 PM
भदौ ११, काठमाडौं । सन् २०१५ को सुरुवातमा चलचित्र ‘तेवर’ रिलिजपछि सोनाक्षी सिन्हा ठूलो पर्दावाट गायब जस्तै भइन् । दुई वर्ष अघि ८५ करोडमा बनेको ‘तेवर’ बक्स अफिसमा ५६ करोड ब्यापारमा सिमित भयो । यो सँगै चलचित्र असफल सूचीमा पर्‍यो ।

नयाँ चलचित्र ‘अकिरा’ले आफ्नो करिअर उचो बनाउनेमा अब यी नायिका आशावादी छिन् । जुन चलचित्रको निर्देशन गरेका छन् ए आर मुर्गदासले । जसले यसअघि ‘गजनी, स्टालिन र होलीडे’ जस्ता चलचित्र बनाएका थिए ।

मुर्गदास जस्ता निर्देशकसँग काम गर्न पाउनुलाई एउटा उपलब्धी मान्ने सोनाक्षीले यस चलचित्रमा आफु सोलो हिरोइन भएको बताइन् । यस चलचित्रमा काम गर्न भनेरै उनले पहिलो पटक मिक्स मार्शल आर्ट सिकेकी थिईन् । ‘चलचित्रमा एक्सन भुमिका निर्वाह गर्नका लागि मैले धेरै प्रशिक्षण लिनु पर्‍यो’ उनले भनिन् । त्यसो त उनले यही चलचित्रका लागि पहिलो पटक गीत पनि गाएकी छिन् ।

यसमा सोनाक्षीको साथै निर्देशक अनुराग कश्यपले पनि अभिनय गरेका छन् । अनुराग खलनायकको भुमिकामा छन् भने सोनाक्षी हिरोको भुमिकामा छिन् ।
यसमा अनुरागले भ्रष्ट प्रहरिको भुमिका निर्वाह गरेका छन्, जो अकिरा ९सोनाक्षी०को अपहरण गर्छन् । पछि अकिरा नै घाँडो हुन्छे उनलाई ।

चलचित्रको ट्रेलर हेरे लगत्तै निर्देशक मुुर्गदासले सोनाक्षीलाई भनेका थिए-‘अब तिमी हिरो बन्यौ, अब तिमीले पनि हिरोले जती नै पारिश्रमिक पाउछ्यौ ।’
उनी हिरो र हिरोइनले समान पारिश्रमिक पाएको चाँडै हेर्न चाहन्छिन् । त्यो दिन निकै टाढा छ भन्नेमा पनि सचेत छिन् उनी । उनी भन्छिन्-‘हरेक महिलाले आफुलाई कमजोर नसोच्नु ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy