Ads

Friday, August 19, 2016

श्रीमानले लोहोरोले हान्दा श्रीमतीको मृत्यु

Posted By: Samsung - 3:21 AM

लहान, भदौ ३ - आफ्नै श्रीमानले प्रहार गरेको मसला पिस्ने सिलौटाको लोहोरोले हान्दा एक महिलाको मृत्यु भएको छ । घरायसी विवाद हुँदा रिसको झोकमा सिरहाको लहान नगरपालिका – ६ निवासी विशेश्वरप्रसाद साहले श्रीमती बबिताकुमारी साहलाई लोहोरोले प्रहार गर्दा बबिताको मृत्यु भएको हो ।  
लोहोरो प्रहारबाट घाइते भएकी साहलाई उपचारका लागि तत्काल लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा पुरियाइएको थियो ।
उपचारकै क्रममा बबिताको बिहान ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो । लोहोरो प्रहार गर्ने बबिताका श्रीमान् ३८ वर्षीय विशेश्वरप्रसादलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रासस

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy