Ads

Saturday, August 20, 2016

सुदूरमा गौरा पर्वको चहलपहल सुरु

Posted By: Samsung - 8:27 PM
भदौ ५, भीमदत्तनगर ।सुदूरपश्चिमाञ्चलको लोक संस्कृतिमा आधारित धार्मिक एवम् सांस्कृतिक गौरा पर्वको चहलपहल कञ्चनपुरमा सुरु भएको छ ।यसवर्ष गौरा पर्व भदौ ७ गते पञ्चमीका दिन पर्ने भए पनि गौराको अवसरमा खेलिने देउडा भने दुई साताअघिदेखि नै सुरु भइसकेको छ । महेन्द्रनगरमा हरेक दिन साँझ खुल्लामञ्च, संविधान चोकलगायतका स्थानमा विभिन्न संस्थाको पहलमा गौरा खेल्नेको भीड लाग्न थालेको छ । 

गौरा पर्वको विसर्जन नभएसम्म गौरा घर मन्दिर परिसरमा महिला पुरुष छुट्टाछुट्टै रुपमा गोलबन्द भई स्थानीय लोक भाषाका देउडा, चैत, घमारीलगायतका खेल खेलेर रमाइलो गर्ने गर्छन् । यसरी देउडा, चैत, धमारी खेल खेल्दा देवीदेवताका गाथासम्बन्धी गीतका साथै सामाजिक विकृति विसङ्गतिविरुद्ध पनि देउडाका माध्यमले तिखो व्यङ्ग्य गर्ने चलन पनि यहाँ विद्यमान छ । त्यसैगरी महाकाली साहित्य सङ्घले पनि यहाँ गौरा महोत्सवको आयोजना गरेर देउडाको रौनकलाई अझ बढाएको छ भने खप्तड समाजले पनि गौराका अवसरमा देउडा प्रतियोगिता गरिरहेको छ । 

तीन दशकदेखि महाकाली साहित्य सङ्घले महेन्द्रनगरमा गौरा महोत्सवको आयोजना गर्दै आएको महाकाली साहित्य सङ्गमका अध्यक्ष वीरबहादुर चन्दले बताउनुभयो । गौरा पर्व मनाइने घरमा महिलाले व्रत बसी सफा तामाको भाँडोमा ‘विरुडा’ अर्थात् पाँचथरिका गेडागुडी भिजाएर राख्छन् । गौरा र शिवको पूजामा अक्षताका रुपमा प्रयोग हुने ‘विरुडा’ भिजाएको दिनदेखि गौरा पर्वको थालनी भएको मानिन्छ । 

प्रत्येक गाउँ–टोलको गौरा घर अथवा मन्दिरमा मनाइने गौरा पर्व, विभिन्न बोटबिरुवाबाट गौराको प्रतिमा तयार पारी धार्मिक अनुष्ठानका साथ गौराका रुपमा प्रतिमालाई गौरा घरमा भित्र्याइन्छ । गौरा भित्र्याइसकेपछि श्रद्धालु महिलाले व्रत बसी गौरा घरमा गौरा र शिवको पूजाअर्चना गर्ने गर्छन् । पूजाको कार्यक्रमपछि विरुडालाई सबैले प्रसादका रुपमा ग्रहण गर्छन् । तराईमा कञ्चनपुर र कैलालीसँगै सुदूरपश्चिमका सातवटै पहाडी जिल्ला गौराको रौनकमा रमाइरहेको छ । 

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy