भदौ १,पाल्पा । जिल्लामा राहदानी बनाउनेको सङ्ख्या बर्सेनि घट्दै गएको छ । युवाले स्वदेशमै पेसा, व्यवसाय गर्नथालेपछि राहदानी बनाउनेको सङ्ख्यामा कमी आएको हो । आव २०७१÷७२ मा सात हजार ७८४ राहदानी तथा आव २०७२÷७३ मा छ हजार २६६ राहदानी वितरण गरेको प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले जानकारी दिनुभयो ।
आव २०७१÷७२ मा साधारण सिफारिसतर्फ छ हजार ८९, दू्रत सिफारिसतर्फ दुई हजार ३१ राहदानी वितरण गरिएकोमा आव २०७२÷७३ मा साधारण सिफारिसतर्फ सातहजार ३०३ र दू्रत सिफारिसतर्फ चारहजार ३८० राहदानी सिफारिस गरेको हो । जिल्लामा पशुपालन, तरकारीखेती, कुखुरापालन, च्याउखेती लगायतमा युवाको आकर्षण बढ्न थालेपछि विदेशप्रतिको मोह घटेको बताइएको छ ।
बैंक तथा वित्तीय कारोबारका लागि खुलेका सहकारीबाट ऋण लिएर विभिन्न उत्पादनमुखी काम गर्न थालेपछि यहाँका युवाले रोजगारीका लागि विदेश ताक्न छाडेका छन् । साउदीबाट फर्केर गाईपालन थालेका गणेश न्यौपानेलाई अब विदेश जाने रहर छैन । उहाँजस्ता सयाँैं युवा स्वदेशमा नै व्यवसाय सञ्चालन गर्न थालेका छन् ।


0 comments:
Post a Comment