Ads

Wednesday, August 17, 2016

गङ्गामायाको जीवन रक्षार्थ मानवअधिकार आयोगको ध्यानाकर्षण

Posted By: Samsung - 5:58 AM

भदौ १, काठमाडौं । मानवअधिकारकर्मीले राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मालाई गङ्गामाया अधिकारीको जीवन रक्षाको माग गर्दै ध्यानाकर्षण गराएका छन् । 
अधिकारकर्मीले आज आयोगका अध्यक्ष शर्मालाई एक ज्ञापनपत्र बुझाउँदै छ दिनदेखि आमरण अनशनमा रहनुभएका गङ्गामायाको जीवन रक्षार्थ उचित पहल गर्न माग गरेका हुन् । प्रत्युत्तरमा अध्यक्ष शर्माले गङ्गामायाको मानवअधिकारको विषयप्रति आयोग गम्भीर रहेको र यस विषयमा आवश्यक छलफल गरी अगाडि बढ्ने बताउनुभयो ।

यसैगरी आज पनि मानवअधिकारकर्मी चरण प्रसाईंको नेतृत्वमा वीर अस्पताल अगाडि एक घन्टा धर्ना दिने काम भयो । सरकारलाई दबाब दिन भन्दै मानवअधिकारकर्मीले ‘गङ्गामाया बचाऔँ’ अभियान चलाइरहेका छन् । 

विसं २०६१ मा मारिएका आफ्ना १७ वर्षीय छोरा कृष्णप्रसादका हत्याराहरुमाथि कार्वाहीको माग गर्दै गङ्गामाया र नन्दप्रसाद अधिकारी अनशनमा बस्नुभएको थियो । दुई वर्षअघि अनशनरत अवस्थामै नन्दप्रसादको मृत्यु भएपछि गङ्गामाया एक्लै अनशनमा बसिरहनुभएको छ । स्वास्थ्य अवस्था नाजुक भए पछि तीन दिनदेखि सघन उपचार कक्षमा राखेर उहाँको उपचार भइरहेको छ ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy