Ads

Thursday, August 18, 2016

मोटरसाइकलले ठक्करबाट एकको मृत्यु, एकजना गम्भीर

Posted By: Samsung - 4:25 AM
मोटरसाइकलको ठक्करबाट रौतहटमा एकजना युवकको मृत्यु भएको छ, भने अर्का एकजना गम्भीर घाइते भएका छन्।
गरुडा नगरपालिका–१३ जयनगर चोकस्थित सहायक राजमार्गमा बिग्रिराखेको आफ्नो ट्रकलाई बनारहेको गरुडा नगरपालिका–२ का व्यावसायी ३५ वर्षीय विमल चौधरी कलवारलाई गरुडाबाट गौरतर्फ जाँदै गरेको बा२९प७९४४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा चौधरीको मृत्यु भएको हो। चौधरीसँगै रहेका गरुडा नगरपालिका–२ का ३० वर्षीय राम कृपाल राम गम्भीर घाइते भएका छन्। घाइते रामलाई प्राथमिक उपचार गरुडामा गरी थप उपचारको लागि भरतपुर पठाइएको छ।
ठक्कर दिने मोटरसाइकल र पछाडी सवार मोटरसाइकल धनी वरियारपुर–७ का सुरेश सहनीलाई नियन्त्रणमा लिएको छ। मोटरुसाइकल चालक संग्रामपुर गाविसका इन्दल साहकानु फरार भएको र उनको खोजीकार्य जारी रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy