भदौ ३, काठमाडौं । तत्कालिन माओवादीका नेता तथा अहिलेका नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराई सामाजिक सञ्जालमा निकै सक्रिय हुनुहुन्छ । आफ्नो गतिबिधि र समसामयिक घटनाक्रमलाई उहाँले नियमित रुपमा टिप्पणी गर्दै आउनुभएको छ ।
बिहीबार उहाँले जनै पूर्णिमाको शुभकामना दिनुभयो । त्यो पनि जनै लगाउँदा पुरोहितले भन्ने मन्त्र नै राखेर । संस्कृतको मन्त्र लेखेर शुभकामना दिने बित्तिकै उहाँको ट्वीटमा गालीको वर्षा सुरु भयो । पहिले संस्कृत पढ्न हुँदैन भन्नेहरुको नेतृत्व गर्ने मान्छेले संस्कृतमा ट्वीट गरेको सुहाएन भन्ने धेरैको प्रतिक्रिया छ । नेता भट्टराईको ट्वीटमा आएका केही प्रतिक्रियाहरु :
'येन वद्धो वलि राजा, दानवेन्द्रो महावल:! तेना त्वाम् प्रतिवद्धामि, रक्षे मा चल: मा चल:!!'रक्षावन्धनको अवसरमा सबैको सम्पूर्ण सुरक्षाको कामना!
@brb1954 संस्कृतलाई बुर्जुवा शिक्षा भन्दै पढाउन रोक लगाएर अब किन आफैं संस्कृत श्लोक फलाक्दै हिँड्छौ? संस्कृत कुनै जात को भाषा रुपमा बुझियको छ ।
@brb1954उहिले हाम्रो क्लासमा पसेर संस्कृत किताब च्यातेर फाल्नेका अगुवाले अाज मन्त्रोच्चारण सहित सुभकामना दिदाँ खुसी मान्ने होला की बिस्मात ?
@brb1954 बाबुरामजि ले संस्कृत लेखेको सुहायेन!हामी स्कुलमा पड्दा तपाईंले नै संस्कृत पडाउन बन्द गराउनुभको थियो।ऐले आफै?
@brb1954 सस्कृत पढाए बापत उत्तिसको रुखमा झुन्ड्याएर पत्तिले सेरिएका गुरु मुक्ती अधिकारीमा समर्पित !!!
@brb1954 कुनै समय संस्कृत लाई सामन्ती भाषा भनेर पुस्तक जलाउन लगाउनेले यसरी पाेस्टिदा के साेच्दा हुन्??
@brb1954 हैट ,जमानामा संस्कृतको मोहमाया त हटे जस्तो लागेको थीयो ;) ल तँपाइलाई पनि शुभकामना !
@brb1954 तपाइले
#संस्कृत बन्द गर्नुभा
#दिङ्ग्ला पाठशालामा अहिलेसम्म संस्कृत पढाई सुरु हुनसकेको छैन; गुठिमा माओबादी लगायतको राजनैतिक रजाइ छ !
@brb1954 मलाई पनि संस्कृत मा यस्तै ट्वीट गर्न मन छ। के गर्नु स्कुल पढ़दा संस्कृत किताब च्यातेर पढ्नै दिनु भएन।
@brb1954 देस बनाउन बिर्सिय पनि यो मन्त्र चै याद रैछ हजुरलाई ,
@brb1954 जनयुध्द समाप्ति पछि त सबै सुरक्षित नै छन।
@brb1954 हिजो मार्दा, झुण्ड्याउदा, गाड्दा, पड्काउदा चै सुरक्षाको कामना गर्ने यो बुद्धि कता गा थ्यो?
@brb1954 गायत्री मन्त्र पनि लेख्नुभएको भये हुन्थ्यो
@brb1954 लौ येस्ले सन्स्क्रित पढेछ, झन लेखेछ ... मार येस्लाइ, कठै बाबु राम्...
@brb1954 हैन, धर्मलाइ अफिम भन्नेहरु कैलेबाट अध्यात्मिक भयेछन??
@brb1954 त्यो बेला संस्कृत किताब किन च्यातेको, महाशय ? हामी लाई किन पढ्न दिएन ?? अहिले आफैले लेख्न लाज भन्ने केहि लागेन ?
@brb1954 उतिबेला संस्कृत पढ्ने-पढाउने हरुलाइ भाटे कार्बाइ गरेको कसैले भुलेका छैनन् कमरेट,गधा नुहाउदैमा गाई हुदैन,,
About Samsung
Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.
0 comments:
Post a Comment