Ads

Sunday, August 14, 2016

जापानबाट पनि हिमाल रेमिट सेवा सुरु

Posted By: Samsung - 4:33 AM

३० साउन, काठमाडौं । हिमालयन बैंक र जापानको रेमिट्यान्स कम्पनी एन एण्ड पी १००४ कम्पनी (क्युएस रेमिट) बीच रेमिट्यान्स कारोबार शुरु भएको छ ।
जापानको टोकियो सहरमा अगष्ट ६ र ७ मा सम्पन्न भएको नेपाल फेस्टिभल २०१६ मा बैंकले क्युएस रेमिट मार्फत जापानबाट रेमिट्यान्स कारोबार शुभारम्भ गरेको छ ।
क्युएस रेमिट मार्फत नेपाल आउने विप्रेषण हिमालयन बैंकको ४२ वटै शाखा तथा सात हजार पाँच सयभन्दा बढी हिमालरेमिट काउन्टरबाट सजिलै भुक्तानी लिन सकिनेछ ।
हिमालयन बैंक लि. तथा क्युएस रेमिटबीचको यस सम्झौताबाट जापानमा कार्यरत करिब ६० हजार नेपालीहरुले सरल र सुरक्षित विप्रेषण सेवाको उपभोग गर्न पाउनेछन् । हिमाल रेमिट बैकको आफ्नै अनलाइन रेमिट्यान्स सेवा हो जसको विश्वभरि ९० भन्दा बढी अन्तराष्ट्रिय व्यावसायिक साझेदारहरु रहेका छन् ।
उक्त फेस्टिभलमा बैंकका तर्फबाट युमा श्रेष्ठ तथा क्युएस रेमिटतर्फबाट कम्पनी अध्यक्ष केनेसिरो मारी, म्यानेजिङ डाइरेक्टररिसेन्द्र गिरी, कार्यकारी संचालन अधिकृत मिनसियो पार्क र डाइरेक्टर रिधिन्द्र गिरी उपस्थित थिए ।
श्रीमती केनेसिरो मारीले यो सहकार्यबाट जापानमा कार्यरत नेपालीहरुले सरल र सुरक्षित विप्रेषण सेवाको उपभोग गर्न पाउने जानकारी दिए ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy