Ads

Friday, August 19, 2016

नवलपरासीमा भयानक सवारी दुर्घटना, दुईको मृत्यु

Posted By: Samsung - 5:41 PM


भदौ, नवलपरासी । नवलपरासीको अरुणखोलामा भयानक सवारी दुर्घटना भएको छ । कार र मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको बा १२ च ३९६७ नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको ना १५ प ६५९३ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परेको मोटरसाइकलको अगाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने त्यसमा सवार यात्रु उछिटिट्एर निकै पर पुगेको पाइएको छ । कारको पनि एक भागमा ठूलो क्षति भएको छ ।
दुर्घटनामा परी मोटरसाइकल चालक नवलपरासीको बर्दघाट नगरपालिका २ का ३५ वर्षीय दीपक चौधरी र ३५ वर्षकै पञ्चराम कुमालको मृृत्यु भएको प्रहरीले जनाएको छ ।
कार चालकलाई इलाका प्रहरी कार्यालय नयाँ बेलहानीले नियन्त्रणमा लिएको छ ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy