Ads

Tuesday, August 16, 2016

पहिरोमा पुरिएर एकको मृत्यु

Posted By: Samsung - 9:31 PM
१ भदौ, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।

घरको करेसातर्फ रहेको खेतबाट मङ्गलबार राति आएको पहिरोले घर पुर्दा दग्नाम–४ घर भई हाल गलेश्वर बस्ने ४९ वर्षीय नकबहादुर गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको जिल्ला अस्पताल बेनीमा उपचारका क्रममा मृत्यु भएको हो ।
सुतिरहेको अवस्थामा पहिरोमा पुरिएर घाइते भएका गर्बुजालाई प्रहरी र स्थानीयवासीले उद्धार गरेर अस्पतालमा ल्याएका थिए । सो घरमा गर्बुजाको छजनाको परिवार बस्दै आएको थियो । परिवारका अन्य सदस्य भने सकुशल रहेका छन् ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy