Friday, August 26, 2016
आठ झोलुङ्गे पुल निर्माण
Posted By: Samsung - 7:31 PMभदौ ११,झापा । झापा जिल्लामा आव २०७२÷७३ मा १३ निर्माणाधीन झोलुङ्गे पुलमध्ये आठ वटाको निर्माण सम्पन्न भएको छ । आठ झोलुङ्गे पुलमा रु एक करोड चार लाख ९५ हजार ९६९ खर्च लागेको जिविस, योजना शाखाका डिल्ली नेपालले बताउनुभयो ।
निर्माणाधीन पाँच झोलुङ्गे पुल आगामी तीन महिनाभित्र सम्पन्न हुने छ । सोका लागि करिब रु दुई करोड ७३ लाख खर्च लाग्ने जनाइएको छ ।
निर्माणाधीन झोलुङ्गे पुलमा धंगेरेभाङ झोलुङ्गे पुल करिब रु ६५ लाख १८ हजार, सिमलचोक झोलुङ्गे पुल रु ४० लाख ३२ हजार, चौकीविरान झोलुङ्गे पुल रु ५७ लाख ९३ हजार, सुखानी झोलुङ्गे पुल रु ४२ लाख ९२ हजार र मसानघाट झोलुङ्गे पुल रु ४६ लाख ७८ हजार लागतका छन् ।
पक्की पुल सानोतिनो रकमले गर्न नसकिने तर जनताको पिरमर्कालाई हेर्दा तत्काल समस्या समाधान गर्न झोलुङ्गे पुल निर्माण कार्यलाई जोड दिइएको स्थानीय विकास अधिकारी खेमराज ओझाले बताउनुभयो ।
Filled Under
NEWS
About Samsung
Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.
Subscribe to:
Post Comments (Atom)


0 comments:
Post a Comment