Ads

Tuesday, August 16, 2016

गाईजात्रा कार्यक्रममा धुर्मुस-सुन्तली नहुने

Posted By: Samsung - 10:00 PM

१ भदौ,काठमाडौं । यसपालिको गाईजात्रा कार्यक्रममा हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ सहभागी नहुने भएका छन् ।
सिन्धुपाल्चोकको गिरान्चौरमा भूकम्पपीडितका लागि एकीकृत बस्ती निर्माणमा व्यस्त भएकाले जोडीले कार्यक्रममा हास्य प्रस्तुति पस्किन नभ्याउने भएको हो । सिन्धुपाल्चोकमै रहेका सीतारामले भन, ‘कार्यक्रममा सहभागी भएर दर्शकलाई मनोरञ्जन गराउने इच्छा त निकै थियो, तर यो वर्ष विशेष अवस्थाका कारण सम्भव भएन ।’
हरेक वर्ष ‘तीते-जिरे गाईजात्रा’मा तीतो सत्य र जिरे खुर्सानीको टोलीसँगै धुर्मुस-सुन्तलीको ‘मेरी बास्सै’ टोलीले पनि दर्शकलाई हँसाउँदै आएको थियो ।
तर, भूकम्पपीडितको आँसु पुछ्ने काममा खटिइरहँदा उनीहरूले हँसाउने कामलाई यो पटक विश्राम दिएका हुन् । ‘हामी वर्षामा पनि काम नरोकी घर बनाउन लागिपरेका छौं’, सीतारामले चिन्ता सुनाए, ‘गाईजात्रा कार्यक्रम त लगातार १५/१६ दिनसम्म चल्छ, त्यतातिर हामी लाग्यौं भने पीडितहरूको घर बनाउने कामले गति लिँदैन ।’
धुर्मुस-सुन्तली फाउन्डेसनले एकीकृत बस्ती बडादसैंको घटस्थापनाको दिन हस्तान्तरण गर्ने लक्ष्य राखेको छ । त्यही अनुसार उनीहरूले धमाधम काम अघि बढाइरहेका छन् । एकीकृत बस्तीमा जम्मा ६५ वटा घर हुनेछन् । सबै घरको जग तयार पारिसकेको र तीमध्ये २७ वटा घरको गारो पनि लगाइसकेको सीतारामले जानकारी दिए । उनले सहयोग संकलन अभियानमा सबैबाट राम्रो सहयोग पाएको बताउँदै थपे, ‘अहिले हामीलाई खाँचो परेको मुख्य कुरा चाहिँ श्रमदान हो ।’
स्वयंसेवा तथा समाजसेवामा खटिएको यो जोडीले भूकम्पपीडितको आवास बनाउने क्रममा जग खन्नेदेखि, डोकोमा गिट्टी-बालुवा बोक्ने र मसाला ओसार्नेसम्मको काम आफूले समेत गर्दै आएको छ ।
उदाहरणीय काम गरेकोले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा केही दिनअघि उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रिय युवा प्रतिभा सम्मान थापेका थिए ।
२०७३ भदौ १ गते १०:३१ मा प्रकाशित

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy