Ads

Saturday, August 20, 2016

मिति २०७३ साल भदौ ५ गते आइतवार :- हेर्नुहोस् आजको पञ्चाङ्ग र राशिफल

Posted By: Samsung - 6:39 PM

हेल्लो शुभ बिहानी सबैलाई हेर्नुहोस आजको पञ्चाङ्ग अनि राशिफल  श्रीसूर्य दक्षिणायन वर्षा ऋतु,सौम्यनाम संवत्सर,शाके १९३८, विक्रसम्वत २०७३ साल भाद्र ५ गते रविवार नेपाल सम्बत ११३६ गुँलागा,सन् २०१६ अगस्त २१ तारिक कृष्णपक्ष तृतीया तिथि विहान १० वजेर १९ मिनेटसम्म, उत्तरभाद्रा नक्षत्र राती ९ वजेर ५१ मिनेटसम्म, धृतियोग अपरान्ह २ वजेर ५८ मिनेटसम्म, विष्ठि करण विहान १० वजेर १९ मिनेटसम्म, आनन्दादियोग स्थिर, सूर्य सिंह राशीमा,चन्द्रमा मीन राशीमा ।

मेषः– समयले साथ दिने देखिन्न । व्यापार व्यवसायबाट लाभ भन्दा हानी बढि हुनसक्छ । अरुको काम गरेर जश कमै मिल्नेछ । खर्चमा तिव्रता आउनेछ । आरोपको सामना गर्नु पर्ला ।

वृषः– आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । यात्राबाट लाभान्वित हुनु हुनेछ । आफन्तजनको सहयोग पाईनेछ ।

मिथुनः– काममा देखिएका समस्या कम भएर जानेछन् । लेनदेख कारोवारमा सुधार आउनेछ । स्वास्थ्यमा सुधार आउनेछ । नोकरी तथा राजनीतिमा नयाँ सम्भावना देखिनेछन् ।

कर्कटः–  मानसिक तनाव घट्नेछ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । दैनिक काम काजमा सामान्य प्रगति हुनेछ । व्यापार मन्द नै रहला । आलोचना बढ्नसक्छ ।

सिंहः– दैनिक काम काजमा अवरोध आउन सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ । मनमा शान्ति मिल्ने छैन । आफ्नो धन अरुको लागि खर्च गर्नु पर्ला । विरोध बढ्नेछ ।

कन्याः– नयाँ कामको अवसर आउन सक्छ । घरपरिवारबाट सहयोग,सुख,शान्ति मिल्नेछ । नेतृत्वदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । आम्दानी बढ्नेछ ।

तुलाः– घर परिवारबाट टाढा बसेर काम गर्दा बढि सफलता मिल्न सक्छ तर आनन्द भने मिल्ने छैन । काममा अरुको गिद्धे दृष्टि पर्नेछ । परिश्रमानुसारको प्रतिफल पाईनेछ ।

वृश्चिकः– काम गर्दा कहि कतैबाट हलो अड्काउने काम हुनसक्छ सतर्क भई गर्नु होला । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । भ्रम जालमा पर्न सकिन्छ, होशियार रहनु होला ।

धनुः–काम कुरा एकातिर कुम्लो बोकि ठिमी तिर । घरयासी खर्चमा तिव्रता आउनेछ । दैनिक काम काजमा अवरोध आउन सक्छ । अरुको मुखबाट आलोचना सुन्नु पर्ला

मकरः–काम गर्न मन लाग्नेछ । धैर्यतापूर्वक गरेका काम सफल हुनेछन् । अधुरा कामले गति लिनेछ । भावावेगमा नआउनु होला आफैलाई घाटा हुनेछ । आम्दानी बढ्नेछ ।

कुम्भः– धन दिएर मन हरण गर्ने काम नगर्नु होला । आफन्तबाट काममा अवरोध आउन सक्छ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । व्यापार घट्न सक्छ ।

मिनः– समयमा पूर्ण सुधार आउनेछ । उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ । काम गर्ने जोश जागर बढ्नेछ । अनावस्यक खर्च कमी आउनेछ । व्यापार बढ्नेछ ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy