Ads

Tuesday, August 16, 2016

फूलबारी रिसोर्टमा योलो समर पुल पार्टी हुने

Posted By: Samsung - 10:04 AM

इभेन्ट म्यानेजमेन्ट कम्पनी लेभल नेक्स्ट प्रालिले भदौ ४ गते ‘योलो समर पुल पार्टी’ गर्दैछ । फूलबारी रिसोर्टको स्विमिङ पुल परिसरमा हुने पुल पार्टीको यो तेस्रो सिजन हो । लेभल नेक्स्टले हरेक वर्षको वर्षा ऋतुमा योलो समर पुल पार्टी गर्दै आएको छ ।
पुल पार्टीबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रालिकी प्रबन्ध निर्देशक सिर्जना भुर्तेलले सर्वाधिक फरक र चर्चित इभेन्ट भएको बताइन् । उनले पुल पार्टीमा रमाउन चाहनेहरु वर्षेनी बढ्दै जानुबाटै यसको लोकप्रियता पुष्टि हुने दावी गरिन् । भुर्तेलले विगतको सिजनमा १ हजारभन्दा बढीले सहभागी जनाएकोले यस वर्षपनि सोही हाराहारीमा सहभागिता रहने अपेक्षा गरिन् ।
यो इभेन्टमा पानीमा पौडन पाउनु, खानपिउन पाउनु र संगीतमा झुम्न रमाउन पाउनु सहभागीका लागि अत्यन्तै रोचक हुने बताइएको छ । डिजेको माध्यमबाट हुने सांगीतिक प्रस्तुति र खानपानसहितको रमाइलो यो इभेन्टको मुख्य आकर्षण हो । डिजे आशिष र डिजे कोन्मेले सहभागीलाई नचाउँनेछन् ।
लेभल नेक्स्टका बोर्ड सदस्य शिशिर शर्माले दिउँसो ३ बजेबाट राति ५ बजेसम्म चल्ने पार्टीमा सुरक्षाको कत्ति चिन्ता नमानी निर्धक्क रमाउन पाइने बताए । पार्टीमा सहभागी हुन पोखरा बाहिर दमौली, बुटवल, काठमाडौं, बागलुङ, बेनी लगायतका ठाउँबाट पनि युवाहरु आउने उनले जानकारी दिए ।
पार्टीबाट हुने आम्दानीलाई सामाजिक सेवाको क्षेत्रमा खर्च गर्दै आएको मिडिया कोअर्डिनेटर विजय लम्सालले बताए । उनले भने, ‘हाम्रो पार्टीमा एकातिर स्वच्छ मनोरञ्जन लिएर युवा जमात रमाउँछन् भने अर्काेतिर समाजसेवामा पनि योगदान पुगिरहेको हुन्छ ।’
सामाजिक संस्था रोट¥याक्ट क्लब अफ पोखरा फिस्टेलसँग मिलेर लेभल नेक्स्टले सामाजिक सेवा गर्दै आएको छ । पत्रकार सम्मेलनमा क्लबकी अध्यक्ष सुजन गुरुङले पुल पार्टीबाट बचेको रकम सामुदायिक विद्यालयमा पुस्तकालय निर्माण, छात्रवृत्ति लगायतमा खर्चने बताइन् । लेभल नेक्स्ट, नारी नेपाल र रोट¥याक्ट क्लब अफ पोखरा फिस्टेलले संयुक्त रुपमा छात्रवृत्ति वितरण, ट्राफिक नियम तथा सचेनतामूलक कार्यक्रम, लागुपदार्थ दुव्र्यसनी सचेतना कार्यक्रम, पुस्तकालय स्थापना, प्राकृति प्रकोप पीडितलाई राहत वितरण लगायतका कार्य गर्दै आएका छन् ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy