Ads

Saturday, August 20, 2016

मेसीद्वारा सन्यास फिर्ता

Posted By: Samsung - 2:46 AM

बार्सीलोना : अर्जेन्टिनाका पूर्व कप्तान तथा बार्सीलोनाका स्टार लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलमा फेरि फर्कने घोषणा गरेका छन्। अमेरिकामा सम्पन्न कोपा अमेरिकाको फाइनलमा चिलीसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि मेसीले अप्रत्यासित रुपमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए।
उनलाई अर्जेन्टिनाका राष्ट्रिपतिदेखि विश्व फुटबलका महान हस्ती, तथा उनका समर्थकहरुले संन्यासको निर्णयमा पुर्नविचार गर्न आग्रह गरेका थिए। अर्जेन्टिानाका नवनियुक्त प्रशिक्षक इडगार्डो बौजासँगको भेटपछिमेसीले आफ्नो सन्यासको घोषणा फिर्ता लिएको घोषणा गरेका हुन्। उनको नाम सन् २०१८  विश्वकप छनोट अन्तर्गत सेप्टेम्बरमा हुने उरुग्वे र भेनेन्जुएला विरुद्धको खेलमा समावेश गरिएको छ ।
मेसीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफूले अर्जेन्टिाइन फुटबलमा धेरै समस्या देखेको र थप समस्या उत्पन्न गर्न नचाहेको बताएका हुन्। मेसीले भने, ‘अर्जेन्टिाइन फुटबलमा समस्या  छ र त्यो समस्या समाधान गर्ने मेरो इच्छा हो  त्यसैले पुन फुटबल टिममा फर्कदैँ आफ्नो राष्ट्रका लागि केही राम्रो गर्न चहान्छु।’
उनले  आफूलाई सन्यासको निर्णय फिर्ता लिन आग्रह गर्ने सम्पूर्ण समर्थकलाई धन्यवाद दिन चाहेको बताए । उनले भने, ‘फाइनलमा मेरो दिमागमा धेरै कुरा खेलीरहेको थियो त्यसैले संन्यासको घोषणा गरेको हुँ , म आफ्नो राष्ट्र र आफ्नो जर्सीलाई माया र सम्मान गर्छु ।’

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy