Ads

Wednesday, August 17, 2016

रोज राणालाई आक्रमण गर्ने पक्राउ

Posted By: Samsung - 3:58 AM
भदौ १, काठमाडौँ,  । नेपाली चलचित्रका निर्माता, निर्देशक तथा कलाकार रोज राणा (सरोज थापा)लाई खुकुरी प्रहार गरी घाइते बनाएका दुई अभियुक्त पक्राउ परेका छन् । ती अभियुक्तलाई महानगरीय अपराध महाशाखाको अनुसन्धान टोलीले यहाँस्थित उनीहरुकै निवास नयाँबजारबाट मङ्गलबार पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा भक्तपुर सिद्धपोखरी स्थायी घर भएका २८ वर्षीय ‘मोटे’ भनिने विवेचन प्रजापती र धादिङ कटुन्जेका वर्ष १८ का ‘कटुन्जे’ भनिने सूर्य लामा रहेका छन् । तर घटनाका मुख्य योजनाकार भुलुङ्टार, काभ्रेपलाञ्चोकका २८ वर्षका ‘जोधा’ भनिने रत्नबहादुर लामा भने फरार रहेको अपराध महाशाखाले जनाएको छ ।चलचित्रकर्मी राणालाई गत सोमबार साँझ पुरानो बानेश्वरस्थित सेन्टर क्याफेमा खुकुरी प्रहार भएको थियो । दाँहिने हातमा गम्भीर चोट लागेको उहाँको हाल ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । 

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy