Ads

Friday, August 19, 2016

अष्ट्रिचको मासुको मूल्य घट्यो, अब खसीसँगै बराबर

Posted By: Samsung - 2:57 AM

अष्ट्रिच नेपाल प्रालिले हिन्दुहरुको चाड तीज, दशै र तिहारलाई लक्षित गर्दै अष्ट्रिचको मासुको मूल्य भारी मात्रा घटाएको छ । सबैले सस्तो मूल्यमा गुणस्तरीय मासु खान पाउन् भन्ने उद्देश्यले कम्पनीले भाद्र ४ गतेदेखि लागू हुनेगरी मूल्य घटाएको हो ।
अब उपभोक्ताहरुले आधा किलोग्राम अष्ट्रिच मिट ४ सय ४५ रुपैयाँमा खरिद गर्न सक्नेछन् । कुनै उपभोक्ताले फल मासु मात्र खरिद गर्न चाहेमा आधा किलो अष्ट्रिच मिटलाई मात्र ७ सय ४५ रुपैयाँ तिर्नुपर्नेछ ।
अष्ट्रिच मिटमा पाइने ओमेगा ३, ६ र ९ ले मुटुलाई बलियो गराउन सहयोग पुर्याउने भएकाले डाक्टरहरु रेडमिट खानैपर्ने भएमा अष्ट्रिच मिट खान सल्लाह दिन्छन् ।
अमेरिकन हार्ट एसोसियसन र डाइबिटिज एसोसियसनले पनि अष्ट्रिच मिटलाई मुटु तथा डाइबिटिजका बिरामीहरुले खान सक्ने मासु भनेर उल्लेख गरेको छ । यसमा विभिन्न पौष्टिक तत्वहरु हुन्छन्, जसले उपभोक्तालाई स्वस्थ रहन मद्धत गर्छ ।
ब्लड प्रेसर सन्तुलन राखिमुटुलाई स्वस्थ राख्न, छारे रोग, अटिजम लगायतबाट बच्न, रोगसँग लड्ने क्षमता वृद्घि गर्न र मांशपेशी स्वस्थ राख्न, महिनावारीमा हुने दुखाइ र मानसिक तनाव घटाउन, डिप्रेसनबाट बच्न र शारीरिक स्फुर्ति कायम राख्न, थाइराइड, दम लगायत रोगबाट बच्न र नशा बलियो बनाउन, स्वस्थ तौल कायम राख्दै शरीरको वृद्धि/विकास गर्न, नर्भस सिस्टम, लिभर, किड्नी, दाँत र हड्डी स्वस्थ राख्न यो मासु लाभदायक छ ।
अष्ट्रिचको मासु काठमाडौंमा अष्ट्रिच नेपालको महाराजगंज, सुकेधारा, गोंगबु आउटलेट तथा तथा भाटभटेनी डिपार्टमेन्ट स्टोर, बिगमार्ट, स्तुतिमार्ट, सेलवेयज, नमस्ते नेपाल मार्ट, भ्याली कोल्ड स्टोर, आइकालु मिट सप, ललित फ्रेस फार्म, न्यूरोड डेलिस फ्रोजन हाउस तथा अन्य विभिन्न मार्ट तथा मिटसपहरुमा उपलब्ध रहेको कम्पनीका अध्यक्ष सीपी शर्माले बताए ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy