Ads

Friday, August 19, 2016

फेसबुक संस्थापक भन्छन्, रोबोटले मानव जातिलाई समाप्त पार्दैन

Posted By: Samsung - 7:21 AM
गत जुन महिनामा प्रसिद्ध भौतिकशास्त्री स्टेफेन हकिंग्सले चेतावनी दिएका थिए की आर्टिफिसियल इन्टेलिजेन्स वा कृत्रिम विवेकयुक्त प्रविधि मानिसको कामलाग्दो डिजिटल सहयोगी मानिएपनि यसले भविष्यमा मानव सभ्यतालाई नै नष्ट गरिदिन सक्छ ।

तर हकिंग्सको यो चेतावनी तथा भविष्यवाणीलाई मान्न सबै तयार छैनन् । हकिंग्सको विचारलाई लल्कार्नेमा फेसबुक संस्थापक मार्क जुकरबर्ग पनि अगाडि आएका छन् ।
हालैको एक अन्तरवार्ताका क्रममा जुकरबर्गले आर्टिफिसियल इन्टेलिजेन्स भनेको असल कामका लागि शक्ति भएको र यसले मानवीयतालाई ध्वस्त नपार्ने दाबी गरे ।
एआइलाई मानव प्रजातिको मृत्यु निम्त्याउने प्राविधिक विकाशको रुपमा लिनु नहुने उनले बताए ।
कृत्रिम विवेक प्रविधिले मानव प्रजातिको अन्त्य गर्ने नभई उल्टै विभिन्न रोग तथा समस्याबाट मानिसहरुलाई बचाउने र मानिसहरुलाई अझै अघि बढाउने उनको दाबी छ ।
स्मरण रहोस् यो वर्षको सुरुमै जुकरबर्गले यस वर्षलाई आर्टिफिसियल इन्टेलिजेन्सको आविष्कार तथा विकाशका लागि समर्पित गर्ने घोषणा गरेका थिए ।
ग्त महिना जुकरबर्गले एआइ परियोजना सुरु भैसकेको र यसलाई छिटै सार्वजनिक गरिने बताएका थिए ।
साथै दी भर्जसँगको अन्तरवर्तामा उनले आर्टिफिसियल इन्टेलिजेन्सयुक्त प्रविधिले आफ्नो घरलाई नियन्त्रणमा लिइसकेको र आफ्नो बिहानी खाजा समेत मेसिनले बनाउने खुलासा गरेका थिए 

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy